असंमियत र असन्तुलित खानपान तथा दिनचर्याको कारण कब्जियत, ग्याष्ट्रिक, अजिर्ण जस्ता समस्या देखिने गरेको छ । कब्जियत अनेक रोगको कारण बन्न सक्छ ।
जब शरीरमा मलको मात्रा शरीरको निष्कासन क्षमताभन्दा बढी हुन्छ, तब समस्या सुरु हुन्छ । पेट सफा एवं स्वास्थ्य हुँदैन । यसले अरु रोगलाई निम्त्याउँछ ।
किन हुन्छ ?
अनियमित दिनचर्या, मैदाको बढी सेवन, शरीरमा पानीको कमी, शारीरिक श्रमको अभाव, आन्द्रामा घाउ वा क्यान्सर, थाइराइड हर्मोनको गडबडी आदिले कब्जियतको समस्या आउन सक्छ । त्यस्तै क्याल्सियम, पोटाशियमको अभावले पाचन यन्त्र प्रभावित हुन सक्छ ।
के छ उपचार ?
फाइबरयुक्त खानेकुरा प्रशस्तै सेवन गर्नुपर्छ । मौसमी फल सेवन गरौ । हरियो सब्जी, सलाद, चोकर वा आटाले बनेको रोटी खानु लाभदायक हुन्छ । उसिनेको चना खानुपर्छ । यसका साथै शारीरिक श्रम एवं व्यायम गरौं । पर्याप्त मात्रामा पानी पिउनुपर्छ ।
यसको सेवन नगरौं
- मैदाबाट बनेको परिकार सेवन नगरौं ।
- तेल, घिउ आदिको परिकार उपयुक्त हुँदैन ।
- मसलेदार खानेकुराले पाचन यन्त्रमा असर पुग्छ ।
- चिनीको सेवन नगरौं, त्यसको ठाँउमा धागोवाला मिश्री वा गुडको प्रयोग गर्न सकिन्छ ।