वास्तु मान्नुहुन्छ भने यो समयमा नलगाउनुहोस् झाडु

घरमा सरसफाईको धेरै महत्व हुन्छ तर समयलाई हेर्दा वास्तुअनुसार घरमा झाडु वा कुचो लगाउने पनि उपयुक्त समय हुन्छ ।

वास्तुमा यसको ठूलो महत्व छ । वास्तुशास्त्रमा घरको सरसफाइका लागि समय पहिले नै तोकिएको छ । जसरी सरसफाईको समय तोकिएको छ, त्यसैगरी सरसफाई नगर्नका पनि समय दिइएको छ ।

वास्तुशास्त्र अनुसार दिनको पहिलो प्रहर घरमा झाडु लगाउनु उपयुक्त समय मानिन्छ भने साँझ वा रातको प्रहरमा झाडु लगाउनु अनुपयुक्त मानिन्छ ।

रातिमा झाडु लगाउनाले घरमा गरिबी फैलिने र धनकी देवी लक्ष्मी क्रोधित हुन्छिन् भन्ने मान्यता रहेको छ । जसका कारण घरमा धन आवागमन प्रभावित हुने वास्तुशास्त्रमा उल्लेख छ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित