इन्स्टाग्राममा फलोअर्स कसरी बढाउने ?

सोसल मिडिया प्लाटफर्म इन्स्टाग्राम हरेक उमेर समूहका प्रयोगकर्ता र खासगरी युवाहरुबीच निकै लोकप्रिय रहेको छ ।

इन्स्टाग्रामका मासिक सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब रहेको छ । सेलिब्रेटीदेखि व्यवसायी र आम मानिस सबैको रोजाइमा पर्ने इन्स्टाग्राममा फलोअर्सको संख्या बढाउने चाहना सायद सबैको हुन्छ । तर, यसका लागि केही कुरामा ध्यान दिनुपर्दछ । इन्स्टाग्राममा फलोअर्स बढाउने केही काइदा यस्ता छन् :

प्रोफाइल अप्टिमाइज गर्नुहोस् 

इन्स्टाग्राममा फलोअर्सको संख्या बढाउनका लागि प्रोफाइल अप्टिमाइज गर्नु सबैभन्दा महत्वपूर्ण हुन्छ । वास्तवमा प्रयोगकर्ताको प्रोफाइल नै उसको डिजिटल पहिचान हो ।

प्रोफाइलमा प्रयोगकर्ताको तस्वीर, बायो तथा कुनै वेबसाइटको लिंक पनि जोड्न सकिन्छ। यस प्रकारले प्रोफाइललाई आकर्षक बनाएर फाइदा उठाउन सकिन्छ।

कन्टेन्ट (सामग्री) मा ध्यान दिनुहोस् 

इन्स्टाग्राममा कन्टेन्ट अर्थात् अपलोड गर्ने सामग्रीको भूमिका निकै ठूलो हुन्छ । यदि तपाईंले आफ्नो अकाउन्टमा राम्रो खालको कन्टेन्ट अपलोड गर्नुभयो भने फलोअर्सको संख्यामा पनि स्वभाविक रुपमा वृद्धि हुन्छ ।

यद्यपि आफ्नो फोटो वा भिडियोसँग प्रयोगकर्ताका लागि राम्रो भिजुअल पनि तयार गर्न सकिन्छ। साथै आफ्नो कन्टेन्टसँगै उत्कृष्ट खालको तथा सान्दर्भिक ह्यासट्याग पनि प्रयोग गर्न सकिन्छ ।

निरन्तर रुपमा पोस्ट गर्नुहोस्

इन्स्टाग्राममा फलोअर्सको संख्या बढाउन चाहनुहुन्छ भने सबैभन्दा पहिले सामग्री अर्थात् कन्टेन्टमा निरन्तरता चाहिन्छ । यदि तपाईंले सही समयमा अर्थात् नियमित रुपमा इन्स्टाग्राममा पोस्ट गरिरहनुभयो भनेमात्रै फलोअर्सको संख्या बढ्न सकछ।

फलोअर्ससँग कुराकानी

इन्स्टाग्राममा फलोअर्स बढाउनका लागि धेरै दुःख गर्नु पर्दैन । अकाउन्टमा अपलोड गरिएका पोस्टमा अरुले विभिन्न कमेन्ट गर्ने गर्दछन् ।

यस्तोमा यदि तपाईंले नियमित रुपमा ती कमेन्टको जवाफ वा प्रतिक्रिया दिनुभयो भनेपनि फलोअर्सको संख्या बढ्नेछ। आफ्ना अडियन्ससँग समय समयमा कुराकानी गर्नु फलदायी साबित हुनसक्छ ।

फलोअर्सलाई पोस्टमा लाइक तथा कमेन्ट गर्नका लागि प्रोत्साहित गर्न सकिन्छ । यसका लागि प्रयोगकर्तालाई विभिन्न खालका गिफ्ट आदिको अफर पनि दिन सकिछ ।

उपयुक्त ह्यासट्यागको प्रयोग 

इन्स्टाग्राम पोस्टसँगै त्यससँग सम्बन्धित ह्यासट्यागको प्रयोग सही ढंगले गर्नुहोस् । यसबाट फलोअर्सको संख्यामा वृद्धि हुन्छ।

सही तथा उचित ह्यासट्यागको प्रयोगबाट तपाईंको इन्स्टाग्राममा प्रयोगकर्ताको आगमन बढ्दछ । साथै अडियन्सको बीचमा तपाईंको पोस्टहरुको पहुँचमा पनि वृद्धि हुन्छ ।

विश्लेषण 

इन्स्टाग्राममा फलोअर्स बढाउनका लागि समय समयमा आफ्ना पोस्टको विश्लेषण गर्नुहोस् । पोस्टमा के गर्नुपर्छ र के गर्नबाट बच्नुपर्दो रहेछ भन्ने कुराको जाँच गर्नुहोस् ।

साथै प्रयोगकर्तालाई कस्ता खालका पोस्ट मन पर्छन् र कस्ता मन पर्दैनन् भन्ने कुरा पनि विश्लेषण गर्नुपर्छ । तत्कालको समयमा कस्तो खालका कन्टेन्टहरु चलिरहेका छन् ? भन्ने कुराको पनि हेक्का राख्दै सोही बमोजिमका कन्टेन्ट अपलोड गर्ने प्रयास गर्नुपर्छ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित