कालो ओठको कारण मानिसहरु प्रायः समस्यामा रहन्छन्, यसबाट छुटकारा पाउन धेरै प्रयास गर्छन् । तर त्यसको कुनै असर देखिँदैन ।
घामको हानिकारक किरण, धुम्रपान, भिटामिन बी १२ को कमी, क्याफिनको सेवन यी सबै कारणले ओठ कालो हुन्छ । ओठको कालोपन कहिलेकाहीँ अप्ठ्यारोको कारण बन्छ ।
कालो ओठलाई गुलाबी बनाउन केही घरेलु उपाय अपनाउन सक्नुहुन्छ । ओठमा दैनिक एलोवेरा जेल लगाउँदा यसले अँध्यारो हटाउँछ र ओठलाई हाइड्रेटेड राख्न मद्दत गर्छ।
यस्तै नरिवलको तेलले ओठलाई मोइस्चराइज राख्न मद्दत गर्दछ। ओठमा कागतीको रस लगाउनु पनि निकै फाइदाजनक मानिन्छ । यसो गर्दा ओठको कालोपन हट्छ । गुलाबजल र ग्लिसरीन मिसाएर ओठमा लगाउँदा यसले ओठलाई गुलाबी बनाउन मद्दत गर्छ ।
