अदुवा एउटा मसला मात्र नभएर यो एउटा जडीबुटी औषधी पनि हो । यसले जडिबुटीले जस्तै हाम्रो शरीरमा विभिन्न समस्याहरुको निदानमा मद्धत गर्छ ।
- अदुवाको एक टुक्रा चुस्ने या दुधमा एक चम्चा अदुवाको रस खाने हो भने निरन्तर बाडुल्की ठीक पार्छ ।
- साँझ सुत्नुभन्दा अगाडि एक चम्चा अदुवाको रस पानीमा मिलाएर पिउँदा इन्फर्टिलिटी भगाउन सकिन्छ ।
- अदुवालाई दालचिनी–पानीमा उमालेर चियाको तरिकाले पिउने हो भने तौल कम गर्न मद्दत गर्छ ।
- एक कप मनतातो पानीमा अदुवाको एक चम्चा रस राखेर बिहान तथा साँझ पिउँदा घुँडा दुखेको निको पार्छ ।
- अदुवाको रस निरन्तर खाने गरेमा बुढोपन ढिला हुन्छ । छाला तथा कपाल समेत स्वस्थ रहन्छ ।
- नियमित अदुवाको रस खानेहरुको मुटु स्वस्थ रहन्छ । यसले हृदयघातदेखि जोगाउँछ ।
- एक चम्चा अदुवाको रस नियमित पिउँदा रुघाखोकी टाढा भाग्छ ।
- सफा पानीमा एक चम्चा अदुवाको रस मिसाएर पिउँदा घाँटी सफा गर्छ ।
- सफा पानीमा अदुवा पिसेर राखेर पिउँदा अपचको समस्या भगाउँछ ।
- हल्का मनतातो पानीमा अदुवाको रस राखेर कुल्ला गर्दा दाँत दुख्नबाट बचाउँछ ।