आज भ्यालेन्टाइन सप्ताहको छैटौँ दिन अर्थात् किस डे । तपाईँलाई किसिङ अर्थात् चुम्बनको इतिहास थाहा छ ?
विश्वमा पहिलो चुम्बनको लिखित इतिहास पूर्वी वैदिक संस्कृति साहित्यमा पाइन्छ । विश्वका प्रसिद्ध मानवशास्त्री विलियम जान्कोभिकले चुम्बनबारे अनुसन्धान गरेका थिए ।
अनुसन्धानका क्रममा उनले विश्वभर १६८ ज्ञात संस्कृतिमध्ये ४६ प्रतिशतमा ओठले ओठमा चुम्बनको चलन रहेको पाए । अन्यत्र भने कतै हात, कतै टाउकोमा चुम्बन गर्ने गरेको भेटियो ।
चुम्बनलाई रोमान्सको परम्परा मात्रै ठान्ने गल्ती नगर्नुहोला । केहि सेकेन्डको चुम्बनबाट मात्रै पनि पार्टनरहरुले एकअर्काको बारेमा धेरै कुरा जान्न बुझ्न सक्छन् । जसलाई लेखेर वा बोलेर व्यक्त गर्न घण्टौँ लाग्न सक्छ ।
एक अर्कालाई चुम्बन गर्दा शरीरको न्यूरो सिष्टम र हार्मोनहरू दौडिन थाल्छन् । आज किसिङ डेमा चुम्बनको विज्ञान, यसँग सम्बन्धित केही कथा सम्बन्धमा यसको महत्वबारे कुराकानी गर्नेछौँ ।
हजारौँ वर्षदेखि मान्छे चुम्बनसँग जोडिँदै आएको छ । चुम्बनको पहिलो लिखित ३ हजार ५०० वर्ष पहिलो भारतमा भेटिएको हो । संसारको झन्डै आधी संस्कृतिमा चुम्बनको चलन छ ।
शरीरको सबैभन्दा कोमल अंग हो ओठ
मानिसहरु अँगालो हाल्छन् र हात पनि मिलाउँछन् । तर चुम्बनमा यस्तो के खास छ कि सम्बन्धको लागि यति महत्त्वपूर्ण भएको हो रु यसको जवाफ मानव शरीरको संरचनामा पाइन्छ ।
अन्य अंगको तुलनामा ओठमा सबैभन्दा धेरै स्नायु न्यूरोन्स हुन्छ । जसकै कारण ओठ हाम्रो शरीरको सबैभन्दा नाजुक र संवेदनशील अंग हो ।
चुम्बन प्रक्रिया सुरु हुने बित्तिकै ओठमा रहेको नर्भ न्यूरोन्सले बासना, स्पर्श र स्वादको माध्यमबाट मस्तिष्कलाई सन्देश पठाउन थाल्छ ।
यति बेला मानव मस्तिष्कले अगाडिको व्यक्तिबारे धेरै कुरा थाहा पाउँछ । किस गरिरहेको व्यक्ति राम्रो पार्टनर बन्न सक्छ कि सक्दैन, भरोसा गर्न लायक छ कि छैन चुम्बन गर्दा नै यस्ता कुरा धेरथोर थाहा पाइन्छ ।
तपाईँलाई यो थाहा नहुन सक्छ, तर चुम्बन गर्दा दुईवटा मुटु र मस्तिष्कले यूएसबीले जस्तै डाटा ट्रान्सफर गरिरहेको हुन्छ ।
मुखले चपाएर खाना खुवाउने गर्दागर्दै सुरु भएको थियो चुम्बन चलन
अहिले चुम्बन प्रेमको प्रतीक बनेको छ । तर सुरुमा चुम्बन अहिले हामीले जुन स्वरुपमा देखि रहेका थियौँ त्यस्तो थिएन । चुम्बन मातृत्वसँग जोडिएको थियो । वास्तवमा आदिम मानवको युगमा आगो बाल्ने चलन थिएन ।
आमाहरूले काँचो मासु वा तरकारी चपाएर छोराछोरीका मुखमा हालिदिने गर्थे, ताकि उनीहरूले आरामसँग खान सकुन् । यो चराले आफ्नो बच्चालाई चुच्चोले चारा खुवाइको जस्तै हुन्थ्यो ।
यो स्वभाव हाम्रा पुर्खा बाँदरको समयदेखि मानव स्वभावमा सरेको हो । कुनै पनि बच्चालाई चुम्बन गर्न सिकाउनु नपर्ने कारण यो पनि हो ।
आमा नजिक आउने बित्तिकै बालकले आमालाई ओठले चुम्न खोज्छ । चुम्बनले खाना, प्रेम र सुरक्षा प्राप्त हुन्छ भन्ने कुरा उसको डीएनएमै कोडेड हुन्छ ।
डार्विनले उद्विकासको सिद्धान्तमै चुम्बनको विज्ञानको व्याख्या गरेका थिए
चुम्बन भावनाहरू आदानप्रदान गर्ने सबैभन्दा प्रभावकारी माध्यम भएको मानवविज्ञान र मनोविज्ञानमा अनुसन्धानले देखाएका छन् । त्यस्तो हो भने अरु जनावरले किन चुम्बन गरेनन् त रु ओठबाट ओठ चुम्बन सामान्यतया मानिसहरूमा मात्र देखिन्छ ।
केही प्रजातिका चराचुरुङ्गी र स्तनधारीहरूमा चुच्चोले खना खुवाउने चलन देखिएको छ तर तिनीहरूमा पनि भावना व्यक्त गर्न चुम्बन गर्ने चलन छैन । प्रसिद्ध वैज्ञानिक चार्ल्स डार्विनले आफ्नो विकास सिद्धान्तमा यसको कारण पनि दिएका छन् ।
उद्विकासक्रमको बेलामा मानिसहरूले आफ्ना धेरै आदिम गुण त्यागे । यस क्रममा मानवको सिकार गर्ने, सुँघ्ने र हेर्ने क्षमता घट्यो । यसका लागि मान्छेले हतियारको सहारा लिन थाले ।
जनावरहरूले एकअर्काका भावनाहरू केही फिटको दूरीबाट सुँघेरै बुझ्न सक्छन्, तर मानिसहरूलाई समान भावनाहरू बुझ्न लिप–लक चाहिन्छ । किनकि विकासको क्रममा, हाम्रो सुघ्ने शक्ति कम भयो ।
यसलाई अझ सरल भाषामा भन्नुपर्दा कुकुर, सिंह, हात्ती वा डल्फिनले सुँघेर वा तरंगबाटै एक अर्काको भावना बुझ्न सक्छन् । तर यो शक्ति क्षीण हुँदै गएकोले मान्छेलाई भने चुम्बन गर्दा जत्तिकै नजिक आउन जरुरी भयो ।
चुम्दा साँच्चै नाक बिचमा आउँछ ?
फिल्म ‘थ्री इडियट्स’ मा आमिर खानले करीना कपूरलाई लिएर रोमान्टिक सपना देखेका छन् तर त्यो सपना बिचैमा टुट्छ । हरेक पटक चुम्ने बेलामा नाक तगारो बनिदिन्छ ।
साँच्चै यस्तो हुन्छ त ? यसको जवाफ हो बिल्कुल होइन । दुई जनाको नाक एक आपसमा ठोक्किनु पनि चुम्बन नै हो । यसलाई एस्किमो किसिङ भनिन्छ ।
चुम्बनमा हरेक मिनेट २५ क्यालोरी बर्न हुन्छ, चिन्ता र थकान कम हुन्छ
तपाईँले चुम्बनको इतिहास, यसको लोकप्रिय विधिहरू र यसको भावनात्मक कोण त थाहा पाउनु भयो । तर चुम्बन केवल परिचय र माया प्रेममा मात्रै सीमित छैन ।
यसले स्वास्थ्यमा पनि धेरै सकारात्मक प्रभाव पार्छ । ‘मेडिकल हाइपोथेसिस’ जर्नलमा प्रकाशित रिपोर्ट अनुसार चुम्बन गर्दा प्रति मिनेट २५ क्यालोरी बर्न हुन्छ ।
२० सेकेन्ड चुम्बन गर्दा नै शरीरमा पर्याप्त मात्रामा गूड हर्मोन उत्पन्न हुने पनि सर्जन हुने यो दुवै पार्टनरलाई आराम महसुस गराउन प्रभावकारी हुने पनि रिपोर्टमा भनिएको छ । यस अवधिमा पार्टनरको रक्तचाप पनि सामान्य स्तरमा फर्किन्छ ।