साढे ५८ घण्टा लामो दुनियाँकै सबैभन्दा लामो चुम्बन

प्रेम प्रदर्शनको अत्युत्तम रुप अर्थात् चुम्बन । चुम्बन भनेपछि जो कोहीपनि लालायित हुन्छ । कतिपय मानिसले भने यहीँ चुम्बनमै विश्वकिर्तिमान समेत राखेका छन् ।

सबैभन्दा लामो समयसम्म चुम्बन गरेर विश्वकिर्तिमान कायम गर्ने थाइल्याण्डको एक जोडीको लगातार ५८ घण्टा ३५ मिनेट ५८ सेकेण्डको म्याराथन चुम्बनको रेकर्ड हालसम्म कसैले तोड्न सकेको छैन ।

थाइल्याण्डका इकाचाइ तिरानरात र लक्सना तिरानरातले सन् २०१३ को फेब्रुअरीमा यस्तो किर्तिमान राखेका हुन् ।

रिप्लेज बिलिभ इट अर नटले आयोजना गरेको समारोहमा यो जोडीले फेब्रअरी १२ मा सुरु गरेर १४ तारेखसम्म लगातार चुम्बन गरेको थियो । उक्त प्रतियोगितामा ९ जोडी सहभागी भएका थिए र एउटा जोडी ७० वर्षको थियो ।

तर तिरानरात जोडीले सबैभन्दा लामो समयसम्म चुम्बन गरिरह्यो र किर्तिमान आफ्ना नाममा लेखायो । उनीहरुले उक्त प्रतियोगिता जितेर नगद पुरस्कार तथा दुइवटा हिराका औँठी समय पाएका थिए ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित