यस्ता मानिसका लागि दुष्ट शनि पनि हुन्छ शुभ

शनि सबै ग्रह मध्य ढिलो चाल चल्ने ग्रह हो। यो एक राशिमा साँढे सात वर्षसम्म रहन्छ। जब कुनै व्यक्तिको कुण्डलीमा शनिको नराम्रो नजर पर्छ तब उक्त व्यक्तिको जीवनमा विभिन्न समस्या आउन थाल्छ।

शनि ग्रहलाई न्यायको देवता पनि मानिन्छ। शनि ग्रहले मानिसको कर्म अनुसार शुभ वा अशुभ फल दिन्छ । ज्योतिष शास्त्रमा पनि शनिको निकै महत्व रहेको छ। कुनै पनि मानिसको सुख र दुख उसको कुण्डलीमा शनिको स्थितिमा निर्भर हुन्छ।

कुन–कुन अवस्थामा हुन्छ शनि ग्रह शुभ ?

ज्योतिष शास्त्रका अनुसार कुनै पनि व्यक्तिको कुण्डलीमा शनि तेस्रो, छैठौँ, १० औं र ११ औं भावमा उपस्थित छ भने यस्तो अवस्थामा शनिले शुभ फल दिन्छ।

यस्तै मानिसको जीवनमा शनि सबैभन्दा शुभ र बलियो ३६ र ४२ वर्षको उमेरमा हुन्छ। यो उमेरमा जातकको कुण्डलीमा शनि शुभ भावमा अवस्थित छ भने यसले निकै शुभ फल दिन्छ।

जो मानिस आफ्नो जीवनमा खराब कार्य र नराम्रो संगतबाट टाढा रहन्छ, उसको जीवनमा शनिको शुभ प्रभाव पर्छ।

यदि कुनै व्यक्तिको जन्म शुल्क पक्षको रातमा हुन्छ र उक्त समयमा शनि वक्र चालमा छ भने त्यस्ता जातकको जीवनमा शनिको शुभ प्रभाव रहन्छ।

शनि ग्रह शुभ बनाउने उपाय

  • शनिदेवको पूजा गर्दा कहिले पनि उनको तस्विर तथा मूर्ति हेर्दा सिधा आँखामा हेर्नुहुँदैन।
  • शनिदेवको गर्दा हनुमान जीको दर्शन तथा पूजा गर्न जरूरी हुन्छ। हनुमान जीको पूजा गर्दा तपाईंको जीवनमा शनिको शुभ प्रभाव रहन्छ।
  • शनि जयन्ती, शनि अमावस्या वा शनिबारको पूजामा ब्रह्मचर्यको अनुसरण गर्नुपर्छ।
  • शनि जयन्तीको दिन कालो तिल तथा फलामबाट बनेको चिज दान गर्नुपर्छ।
  • शनिदेवको पूजा गर्नु भन्दा पहिला शरीरमा तेलले मालिस गरेर स्नान गर्नुपर्छ।
  • गाई र कुकुरलाई तेलमा बनेका परिकार खुवाउनुहोस्।
  • हरेक शनिबार शनिदेवलाई तेल चडाउँदा र गरिबलै सहयोग गर्नाले शनिको अशुभ प्रभाव पर्दैन।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित