कब्जियत भयो भन्दैमा औषधी प्रयोग नगरौं

कब्जियत भयो भनेर दिसा गर्नकै लागि औषधिको प्रयोग गर्नुहुँदैन । त्यस्ता औषधीका कारण तत्कालै पेट दुख्ने समस्या निम्तिन्छ ।

त्यस्तै, औषधी सेवनपछि मात्र दिसा लाग्ने बानी पर्न थाल्छ । जसले कब्जियतको समस्या झन् बढाउने गर्छ । एलोप्याथिक औषधीको अत्यधिक प्रयोगले पनि कब्जियतको समस्या निम्तिन्छ । एन्टासिड, क्याल्सियम, स्लिपिङ ट्याब्लेड, ब्लडप्रेसर र मानसिक रोगका औषधीले कब्जियत हुने सम्भावना अत्यधिक हुन्छ ।

त्यसैले कब्जियतलाई पूर्ण रुपमा निको पार्ने भनेको जीवनशैलीमा ल्याउने परिवर्तनबाटै हो । खानपानलाई एकदमै ध्यान दिन जरुरी छ । प्रशस्त मात्रामा पानी पिउनु पनि एउटा सजिलो र राम्रो उपाय हो कब्जियत ठिक गर्ने ।

कब्जियत हटाउन सन्तुलित भोजनका साथै रेसादार खानेकुराहरु खान आवश्यक छ । मेवा, केरा, स्याउ, आँप, खरबुजा जस्ता फलफूल, किसमिस, बदाम आदि खानाले पनि कब्जियतमा राहत मिल्छ ।

अलि बढी भात खाने हाम्रो प्रचलन हुन्छ । तर, कब्जियतबाट जोगिन भातभन्दा बढी तरकारी खानु राम्रो हो । गाजर, मुला, गोलभेँडा, पालुंगो, बन्दाकोबी, प्याज, कागती आदिलाई सलादका रूपमा प्रयोग गर्दा निकै राम्रो हुन्छ ।

तपाईंले आफ्नो खानपानमा केही परिवर्तन गर्नुभयो भने कब्जियत आफै ठिक भएर जान्छ । तेलमा तारेको तथा मैदाबाट बनेका खानेकुराबाट टाढै बसेको राम्रो हुन्छ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित