‘रिभर्स साइकोलोजी’ शब्दासँग उति परिचित नभएपनि आम जीवनमा यसबाट काम लिनु सामान्य कुरा हो । भनाइ नै छ नि ‘सिधा औंलाले घ्यु नआए बांगो गर्नु।’
रिभर्स साइकोलोजी भनेको पनि त्यही हो। आफ्नो कुरामा सिधा सहमत गराउन नसकिएमा उसको इगोमाथि खेलेर मनाउने कुरालाई नै विज्ञानले रिभर्स साइकोलोजीको नाम दिएको हो।
रिभर्स साइकोलोजीको प्रयोगबाट प्रेम प्रगाढ बनाउने र दोस्ती गहिरो बनाउने गरिएको छ। जसको ‘नैतिक–अनैतिक’ अवधारणामा छलफल भइरहेपनि प्रयोगले लाभ दिउन्जेल राम्रै भएको बताउनेहरु धेरै छन्।
क्याम्ब्रिज डिक्सनरीका अनुसार रिभर्स साइकोलोजीको अर्थ हुन्छ, “कसैलाई आफ्नो कुरा मनाउन ऊ जे चाहन्छ, त्यसको ठिक उल्टो गर्नु । मानौं केटालाई केटीसँग भेट्न मन लागेको छ। तर, त्यसरी भन्दा केटी भेट्न आउने सम्भावना कम देखिन्छ। त्यसपछि केटाले भन्छ, “तिमी फलानो दिन आउन सक्दिनौं । त्यो तिम्रो बसको काम होइन । त्यसैले तत्काल भेट हुने अपेक्षा मैले गरेको छैन।”
यस माइन्ड गेमले केटीको इगोमा ठेस पुर्याउँछ । उसको मनमा ‘म किन जान नसक्नु ?’ भन्ने प्रश्न उठ्छ। आफू जान सक्ने प्रमाणित गर्न उक्त दिन भेट्न जान पुग्छिन्। जुन उसको मर्जीले त्यहाँ पुगेकी हुन्छिन् तर भेट्ने चाहना चाहिँ केटाको हुन्छ। यस्तो माइन्ड गेमलाई नै रिभर्स साइकोलोजी भन्ने गरिएको हो।
रिभर्स साइकोलोजीको प्रयोग सामान्यतया व्यवसाय र तालिमका क्रममा प्रयोग गर्ने गरिन्छ। सम्बन्धमा यसको प्रयोग त्यति नैतिक मानिदैन। तर, अहिले यसको प्रयोग बढ्न थालेको छ।
सम्बन्धमा कसरी काम गर्छ ?
सम्बन्धमा कसरी काम गर्छ भन्ने कुरा जवाफ हावार्ड युनिभर्सिटीले समेत खोजिरहेको छ। खोजका क्रममा के पाइएको छ भने यसबाट नयाँ सम्बन्ध निर्माण गर्न सकिन्छ र पुरानो सम्बन्धलाई प्रगाढ बनाउन सकिन्छ।
रिसर्चर डा ब्रह्मले सन् १९६६ मा थ्यौरी अफ रिएक्टेन्समा यसबारेमा उल्लेख गरेका छन्। उनले नै रिभर्स साइकोलोजीको थ्यौरी प्रतिवादन गरेका हुन्।
उनले भनेका छन्, “हामी कसैबाट केही काम गर्न भन्छौं त उसको मनले स्वतः त्यसको विरोध गर्छ। किन गर्ने ? भन्ने प्रश्न खडा हुन्छ। यसैलाई थ्यौरी अफ रिएक्टेन्स भनिन्छ।”
बालबच्चाका लागि वर्षौंदेखि यस्तो सिद्धान्त आमाबुवाले प्रयोग गरिरहेका छन्। उनीहरुले ‘मेरो छोरी होइन’, ‘मलाई आमा नभन्नू भनेर मनाउने गरेका छन्।
