के छन हस्तमैथुनका फाइदा ?

आफ्ना यौन अङ्गहरू आफैंले चलाएर यौन सन्तुष्टि लिने एक किसिमको यौन व्यवहारलाई हस्तमैथुन भन्ने बुझिन्छ । कुनै पनि समाजमा किशोरावस्थामा यौन सन्तुष्टि प्राप्त गर्न गरिने प्रमुख क्रियाकलाप हस्तमैथुन हो।

कतिपयले त पहिलो यौन चरमसुख यही विधिबाट पाएका छन्। किशोरावस्थामा शिखरमा रहने यो यौन क्रियाकलाप बयस्क अवस्थाको उत्तरार्धमा आफैं कम भएर जान्छ। पुरुष तथा महिला दुवैले हस्तमैथुन गर्ने भए पनि महिलाहरूको तुलनामा पुरुषहरूमा यो क्रियाकलाप बढी पाइन्छ।

पुरुषले विशेषतः लिङ्गलाई हात अघिपछि चलाएर वा दबाब दिएर हस्तमैथुन गर्छ भने महिलाले गर्ने हस्तमैथुनमा विविधता छ।

उनिहरूले भगाङ्कुर चलाउने, योनिमा केही पसाउनेदेखि अन्य यौन संवेदनशील अङ्ग जस्तै कि स्तनको मर्दनसम्म गरेर हस्तमैथुन गर्छन्। चरमसुख प्राप्त गर्ने कुरामा भगाङ्कुरको महत्वपूर्ण स्थान भए पनि योनिमा केही पसाएर यौन आनन्द प्राप्त गर्नु अर्को प्रमुख हो।

योनिमा औंला पसाउनेबाहेक लिङ्ग आकारको वस्तु पनि पसाइन्छ। अहिले यौन प्रसाधनका रूपमा लिङ्गको स्वरूप जस्तो वस्तु बजारमा नपाइने होइनन् तर परापूर्वकालदेखि नै प्राकृतिक वस्तु वा अन्य घरायसी वस्तु प्रयोग हुने गरेको पाइन्छ।

हस्तमैथुनका सम्बन्धमा अनेक भ्रम भए पनि यसले यौन इच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ। तनावबाट मुक्त मानिस बढी सकारात्मक रूपमा सिर्जनशील हुन सक्छ। यसरी यौन चाहना शान्त पार्न मदत पुर्‍याउने भएकाले कतिपय यौन अपराध कम गर्न सहयोग पुग्छ भन्नेहरू पनि थुप्रै छन्।

यस्तै हस्तमैथुनले अनावश्यक गर्भधारण, देहव्यापारीसँगको यौन सम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोग आदिबाट पनि जोगाउँछ।

अर्को व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एचआईभी वा अन्य यौन संक्रमणहरू सर्नबाट पनि जोगिन सकिन्छ।

बुझ्नु पर्ने कुरा हस्तमैथुनले स्वास्थ्यसम्बन्धी यस्ता कुनै हानी नोक्सानी गर्दैन। अनावश्यक रूपमा चिन्ता गरे वा हिनताबोध गरे त्यसको नकारात्मक असर पर्न सक्छ। त्यसलाई आफ्नो मनबाट निकाल्न सक्नुपर्छ।

हस्तमैथुन स्वास्थको लागि फाइदजनक छ

हस्तमैथुन स्वस्थ्य रहने एउटा गतिलो उपाय समेत हो। हस्तमैथुनका धेरै फाइदा छन्। यसले इनसोम्निया,तनाब, एनजाइटी, मेन्सट्रुअल क्र्याम्प, डिप्रेसन जस्ता रोगबाट पर राख्दछ।

यसका अलावा हस्तमैथुनले प्रतिरोध क्षमता बढाउँछ। केही अनुसन्धानकर्ताले यसलाइ राम्रो व्यायामको रुपमा समेत उल्लेख गर्ने गरेका छन् । यसले मनग्य क्यालोरी समेत घटाउँछ।

हस्तमैथुनले चरम आनन्द दिन्छ

हस्तमैथुनले सेक्स झैं मानिसलाइ चरम आनन्द दिन्छ। यसलेले मानिसलाई कल्पनाशिल बनाउँछ। हस्तमैथुनका क्रममा विभिन्न सेलेब्रेटिज, पर्नस्टार, अपरिचित सम्झिएर पनि आनन्द लिन सकिन्छ। यौन सन्तु्ष्टी हासिल गर्न पनि हस्तमैथुन पर्याप्त छ।

हस्तमैथुन सुरक्षित छ

हस्तमैथुन शतप्रतिशत सुरक्षित छ, तपाईले यसबाट गर्भवित हुने डर पाल्नु पर्देन् भने सुरुवा यौन रोग देखि एड्सबाट कत्ति डराउनु पर्देन् । हस्तमैथुनका लागि पैसा पर्देन।

हस्तमैथुन प्राकृतिक प्रक्रिया हो

हस्तमैथुन सामान्य र प्राकृतिक यौन क्रियाकलाप हो। यसका बारेमा रहेका नकारात्मक धारणाहरु भ्रम मात्रै हुन । हस्तमैथुनबाट निसन्तान हुने, कमजोर हुने र यौन उत्तेजना घट्ने कुरा भ्रम सिवाय केही होइनन् ।

हस्तमैथुनले सेक्सलाई सहयोग गर्दछ

हस्तमैथुन आफैमा रोमाञ्चकारी अनुभव हो । यसले मानिसलाई सेक्सका बारेमा सिकाउँछ। हस्तमैथुनबाट तपाईले आफ्नो शरिरलाई चिन्न सक्नुहुन्छ भने सेक्सको क्षमता देखि तपाईलाई मन पर्ने यौन संवेदनाको आँकलन गर्न सक्नु हुन्छ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित