किन आउँछ चायाँ पोतो ?
- पेटसम्बन्धी रोग भएमा,
- अनिन्द्राको समस्यामा भएमा,
- घाममा बढी बस्ने व्यक्तिमा,
- कलेजो सम्बन्धी रोग लागेमा,
- पानी कम पिउने बानी भएमा,
- गुणस्तरहीन सौन्दर्य सामाग्री प्रयोग गरेमा,
- इलेक्ट्रिकल उज्यालोमा धेरै समयमा बसेमा,
- अस्वस्थकर खाना खानाले ।
कसर हटाउने चायापोतो ?
- चर्को घाममा नहिड्ने,
- पेट सम्बन्धी रोग भएमा समयमै स्वास्थ्यउपचार गर्ने,
- पानी प्रशस्त पीउने,
- अनुहारमा डण्डीफोर आएमा नकोट्याउने,
- जथाभावी रुपमा सौन्दर्यका सामाग्री प्रयोग नगर्ने,
- जंक फुड नखाने,
- घाममा निस्कनै परेमा चिकित्सकको सल्लाहमा सन्स क्रिम लगाएर मात्रै निस्कने
चायाँ–पोतोको अवस्था हेरेर यसको उपचार गरिन्छ । क्रिमबाट पनि चायाँ–पोतोपोतोको उपचार गर्न सकिन्छ । त्यस्तै, खाने औषधिहरूको सेवनबाट पनि यसको उपचार गरिन्छ ।
यसबाहेक ‘केमिकल पिल’,‘लेजर सर्जरी’, ‘माइक्रोडर्मानसन’ पद्धतिबाट समेत चायाँ–पोतोको उपचार हुन्छ । तर, बजारमा पाइने क्रिमहरूले छिटै चायाँ–पोतो जान्छ भनेर भ्रामक विज्ञापनहरू पनि आउने गरेकै छन् । सामाजिक सञ्जालमा पनि यसको चर्चा–परिचर्चा हुने गरेको पाइन्छ ।‘स्क्रब’ गरेर चायाँ–पोतो जाँदैन ।
बजारमा पाइने क्रिम जुन चिकित्सकको ‘प्रेस्क्रिप्सन’ बिना पाइन्छ, त्यसमा ‘स्टेरोइड’ भन्ने रसायन मिसाइएको हुन्छ । यसको प्रयोग गर्दा दुई सातामा चाया“–पोतो गएजस्तो भएपनि त्यसले छालालाई पातलो बनाउँदै रौं आउने जस्तो समस्या देखा पर्न सक्छ ।
उपचार गर्दा विशेषगरी ‘स्क्रिन’ को ‘ब्लुलाइट ¥याडिसन’ मा ध्यान दिनुपर्छ । उपयुक्त मात्रामा आफ्नो ‘स्किन टाइप’ हेर्नुपर्छ ।
घाममा हिँड्दा ‘सनक्रिम’ लगाउनुपर्छ । मुख छोपिनेटोपी, छाता ओढेर तथा चस्मा घरबाहिर निस्कनुपर्छ । चिकित्सकको सल्लाहअनुसार उपचार गर्नु जरुरी हुन्छ । ‘मेलालिन पिगमेन्ट’ घामका कारण सक्रिय हुने भएकाले जोगिनुपर्छ ।