समय समयमा गहिरो श्वास लिँदा हुन्छ ५ फाइदा

दैनिक केही समय गहिरो श्वास लिनाले तपाईंको स्वास्थ र जीवनशैलीमा धेरै सुधार हुन्छ । जब तपाईं चिन्तित या हैरान बन्नुहुन्छ, तब तपाईंको मुटुको धड्कन लगातार छिटो हुन्छ ।

रगतको प्रवाह तपाईंको मुटु र मस्तिष्कतर्फ बढ्छ । यसबाट बच्नका लागि गहिरो श्वास लिने अभ्यास तपाईले दैनिक गर्नुपर्छ । चाहे तनाव होस् वा नहोस् । यसबाट २४ देखि ४८ घण्टामै मन र शरीरलाई आराम मिल्छ ।

निद्रा राम्रो आउँछ

बिस्तारै, गहिरो, लामो श्वास लिनाले शरीर डिटोक्सिफाईड हुन र शान्त भाव पैदा हुन सहयोग मिल्छ । राम्रो निद्रा लाग्छ । यदी अनिद्राको समस्या छ भने सुत्नुभन्दा पहिले गहिरो श्वास लिनुस् ।

कार्बन डाइअसक्साइड (प्राकृतिक विषाक्त फोहर) श्वासमार्फत नै बाहिर आउँछ । छोटो श्वासले फोक्सोलाई कम प्रतिक्रिया गर्छ । अन्य अंगबाट पनि यस फोहोरलाई निकाल्नका लागि कडा मेहिनत गर्नुपर्छ

इम्युनिटी बलियो हुन्छ

गहिरो श्वास लिनाले ताजा अक्सिजन मिल्छ र विषाक्त पदार्थ तथा कार्बनडाइअक्साइड बाहिर निस्कन्छ । जब रगत अक्स्जिनेटेड हुन्छ, तब शरीरको प्रतिरक्षा प्रणाली मजबुत हुन्छ ।

शरीरका महत्वपूर्ण अंगले ठिक रुपमा काम गर्छन् टक्सिन मुक्त र स्वस्थ रगतको आपूर्तिले संक्रमण फैलाउने किटाणुहरू जरैदेखि भाग्छन् ।

दुखाई महसुस कम हुन्छ

जब तपाई गहिरो श्वास लिनुहुन्छ, तब शरीरले एन्डोर्फिन बनाउँछ । यो राम्रो हर्मोन तथा शरीरद्वारा बनाइएको एक प्राकृतिक पीडा निवारक हो ।

तनाव कम हुन्छ

गहिरो श्वास लिनाले चिन्ताजनक विचार र घबराहटबाट छुटकारा मिल्छ । हृदयको गति सुस्त हुन्छ । यसबाट शरीरले धेरै अक्सिजन पाउँछ । हर्मोन सन्तुलित हुन्छ ।

कोर्टिसोलको स्तर कम हुन्छ । कोर्टिसोल स्ट्रेस हर्मोन हो । जब कोर्टिसोलको स्तर निकै अधिक समयसम्म रहिरहन्छ, तब यसले अधिक नोक्सान पुर्‍याउँछ ।

रक्त प्रवाह ठिक हुन्छ

डायफ्रम माथि र तल हुँदा रक्त प्रवाहको गति बढ्छ । यसबाट विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग पुग्छ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित