जाडो मौसममा विभिन्न खाले तरकारी पाइन्छन् । ती तरकारीहरुलाई कसैले सुख्खा भुटेर खान्छन्, कसैले झोल खान्छन् कसैले दालसँग मिसाएर खान्छन् ।
जाडोको मौसममा तपाईंले विभिन्न तरकारीको सुप बनाएर खान पनि सक्नुहुन्छ । गाजर, मटर, गोभी, टमाटर, सिमी लगायतका तरकारीहरु मिसाएर सुप बनाउन सकिन्छ । जाडो मौसममा सुप पिउनुका धेरै फाइदा छन् ।
कमजोरी टाढा भगाउँछ
जाडोमा दिनहुँ सुप पिउँदा तपाईमा भएको शारीरिक कमेजारी कम हुन्छ । प्राय व्यक्तिलाई जाडोमा अल्छीपना, थकान तथा कमजोरी भइरहेको हुन्छ । यस्तोमा तपाईं आफूलाई बलियो महसुस गर्न सुप पिउन सक्नुहुन्छ ।
भिटामिन तथा मिनरल्स पाइन्छ
जाडोमा सुप पिउँदा तपाईंले प्रयाप्त मात्रामा भिटामिन तथा मिनरल्सहरु प्राप्त गर्न सक्नुहुन्छ । तरकारीहरुमा एन्टीअक्सीडेन्ट, भिटामिन तथा मिनरल्स धेरै मात्रामा पाइन्छ ।
तरकारीहरुमा भिटामिन बी, भिटामिन बी ६ तथा भिटामिन ई हुने गर्दछ । त्यसैले यस्ता भिटामिनहरु प्राप्त गर्नका लागि तपाईं जाडोमा दिनहुँ सुप पिउन सक्नुहुन्छ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
जाडो मौसममा शरीरको रोग प्रतिरोधात्मक क्षमता कम हुँदै गइरहेको हुन्छ । यस्तो तपाईं आफ्नो शरीरलाई बलियो बनाउन दिनहुँ सुप पिउन सक्नुहुन्छ । तपाईंले दिनहुँ सुप पिउनुभयो भने फ्लू, रुघाखोकी तथा खोकीबाट बच्न सक्नुहुन्छ ।
पाचनक्रिया बलियो बनाउँछ
सुपमा कैयौं यस्ता भिटामिन, मिनरल तथा फाइबर पाइने गर्छन् जसले तपाईंको पाचनक्रिया पनि बलियो बनाउँछ । साथै अन्य ठोस खानेकुराको तुलनामा सुप पचाउन पनि एकदमै सजिलो मानिन्छ । सुपले कैयौं अन्य रोगीहरुलाई पनि उर्जा प्रदान गर्ने काम गर्छ ।
शरीरलाई तातो बनाउँछ
जाडोमा चिसोबाट बच्नका लागि पनि सुप एकदमै राम्रो उपाय हो । त्यसका लागि तपाईं आफ्नो खानपिनमा सुपलाई समावेश गर्न सक्नुहुन्छ ।
विभिन्न खाले तरकारीहरुका साथै सुपमा मरिच, ल्वांग तथा दालचिनी मिसाउन सक्नुहुन्छ जसले गर्दा सुप एकदमै चिसो भगाउने खालको हुनेछ । जाडोमा सुप पिएर तपाईं आफ्नो शरीरलाई तातो बनाउन सक्नुहुन्छ ।