गाजर : अनुहार र स्वास्थ्य दुबैलाई फाइदाजनक

पौष्टिक तत्वले भरिएको गाजर स्वास्थ्यका लागि एकदमै फाइदाजनक छ । यसको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढ्छ, क्यान्सर, हृदयघात जस्तो रोगहरुमा फाइदा हुन्छ ।

गाजरको सेवनले पाचन सम्बन्धी समस्याहरुबाट पनि छुट्कारा पाउन सकिन्छ । गाजर आँखाको लागि पनि एकदमै फाइदाजनक मानिन्छ । तर के तपाईंलाई थाहा छ ? यसको फेस प्याक बनाएर लगाउँदा तपाईंको अनुहार पनि चम्किलो र सुन्दर बन्न सक्छ ।

गाजर दही फेस मास्क

एउटा गाजरको पेस्ट बनाउनुहोस्, त्यसमा एक चम्चा दही र दुई थोपा गुलाबजल मिलाउनुहोस् । यसलाई अनुहार तथा घाँटीको भागमा लगाएर १५ मिनेटपछि धुनुहोस् । हप्तामा एकपटक यो फेस मास्क लगाउनुहोस् अनुहार चम्किन्छ ।

गाजर–दालचीनी फेस प्याक

यो फेस प्याक बनाउने विधि छ, २ चम्चा गाजरको पेस्ट, ४ चुट्की दालचीनीको पाउडर, आधा चम्चा दुधको तर साथै थोरै गुलाबजल मिसाएर पेस्ट बनाउने ।

यसलाई अन्य फेस प्याक लगाए जसरी अनुहार तथा घाँटीको भागमा लगाउने र २० मिनेट पछि सफा पानीले मुख धुने । यो प्याक पनि हप्तामा एकपटक लगाउन सकिन्छ ।

गाजर महको फेस प्याक

यो पनि अन्य प्याक जस्तै गाजरको पेस्टमा एक चम्चा मह मिसाएर बनाउने । उक्त पेस्टलाई हल्का हातले अनुहार तथा घाँटीमा लगाउने र १५ मिनेटपछि सफा गर्ने । यसलाई तपाई हप्तामा दुईपटक सम्म लगाउन सक्नुहुन्छ ।

गाजर र बेसारको फेस प्याक

यो फेस प्याक बनाउनका लागि गाजरको पेस्टमा एक चौथाई बेसारको धुलो मिसाउने साथै एक चम्चा चन्दनको पाउडर र गुलाबजल मिलाएर पेस्ट बनाउने । उक्त पेस्टलाई अनुहारमा लगाउने र १५ मिनेटपछि सफा गर्ने । यसलाई हप्तामा एकपटक लगाउन सकिन्छ ।

यसरी जाडो मौसममा गाजर खाएर साथै कहिलेकाँही त्यसलाई अनुहारमा लगाएर पनि तपाईं आफ्नो अनुहारको छाला चम्काउन सक्नुहुन्छ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित