अनुहार सुन्दर बनाउने ६ टिप्स

  • दही र बेसारको मिश्रण बनाउनुहोस् र अनुहारमा लगाउनुहोस् । १० मिनेटपछि अनुहारलाई सफा पानीले धुनुहोस् । यस्तो गर्दा तपाईंको अनुहार सफा हुनुका साथै मुहारको चमक फर्किआउँछ ।
  • धुलो धुवाँ प्रदुषणले तपाईंको अनुहार एकदमै खराब भएको छ भने, बेसन, चन्दन र बेसारको लेप बनाएर यसलाई फेसप्याकको रुपमा दिनहुँ लगाउनुहोस् ।
  • गुलाब जलमा थोरै कपासलाई डुबाएर केहीबेर फ्रिजमा राख्नुहोस् । पहिला आफ्नो अनुहार सफासँग धोएपछि फ्रिजको कपासले हल्कासँग अनुहारमा मसाज गर्नुहोस् । यसले मुहारमा चमक आउनेछ ।
  • अनुहारको डेड सेल्स हटाउन फेसियल स्क्रबको प्रयोग गर्नुहोस् । जुन सजिलै घरमै बन्नसक्छ । यसको लागि एक चम्चा ओखरको पाउडर, एक चम्चा मह र एक चम्चा दहीलाई मिसाउने । उक्त लेपलाई केहीबेर अनुहारमा लगाएर छोड्ने र हातले सुस्तसुस्त गोलो गोलो गरी मसाज गर्ने त्यसपछि सफा पानीले मुख धुने । यसलाई हप्तामा दुई पटक गर्न सकिन्छ ।
  • अनुहारको चमक बढाउन फलफुलको प्याक पनि एकदमै सहायक हुन्छ । स्याउलाई पिसेर पाकेको मेवा र केरामा मिसाउने । यसमा दही अथवा कागतीको रस पनि मिसाउन सकिन्छ । उक्त पेस्टलाई अनुहारमा लगाई आधा घण्टा जति रहन दिने र त्यसपछि सफा पानीले धुने ।
  • यदि तपाईंको छाला एकदमै चिल्लो छ भने, मुल्तानी मिट्टीलाई गुलाव जलमा मिसाएर लेप बनाइ अनुहारमा लगाउनुहोस् । यसलाई आधा घण्टा सुक्न दिनुहोस् र सफा पानीले धुनुहोस् । यसले अनुहारको चिल्लोपन हटाई ताजापन दिनेछ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित