गर्भवती महिलाको कोठामा के राख्ने ?के राख्ने ? के नराख्ने ?

जब कोही महिला गर्भवती हुन्छन् उनको विशेष ध्यान राखिन्छ । परिवारको हरेक सदस्यले उनको रेखदेख गर्दछन् ।

यस्तो कुरा पनि विशेष ध्यान दिइन्छ कि उनलाई कुनै पनि मानसिक तनाव नहोस् । किनकि यस्तो मान्यता छ कि गर्भावस्थाको बेला गर्भवती महिलालाई केही समस्या भएमा त्यसको असर बच्चामा पर्न जान्छ ।

धेरै ज्योतिषीहरुले भन्ने गरेका छन् गर्भवती महिलाको कोठामा केही यस्ता चीज छन् जो बिर्सेर पनि राख्नुहुँदैन । यस्ता चीजहरुले नकारात्मक असर उत्पन्न गर्छ, जसको असर गर्भवती महिलाको मानसिक स्थितिमा समेत पर्न सक्छ ।

के नराख्ने ?

  • प्रेग्नेन्ट महिलाको कोठामा कुनै पनि हिंस्रक तस्वीर लगाउनु हुँदैन ।
  • गर्भवती महिलाको कोठामा कुनै धारिलो चिज राख्नुहुँदैन । वास्तुका अनुसार यसले नकारात्मकता उत्पन्न गर्छ ।
  • डरत्रासका किताब तथा मन विचलित गर्ने खालको साहित्य पनि गर्भवती महिलाको कोठामा राख्नु हुँदैन ।
  • नकारात्मक सन्देश दिने खालको तस्वीर जस्तै– डुब्दै गरेको डुँगाको फोटो, युद्धको फोटो लगायतका शो पिस पनि राख्नु हुँदैन ।

के राख्ने ?

  • गर्भवती महिलाको कोठामा यदि तपाई अध्यात्मिक हुनुहुन्छ भने श्रीकृष्णको बाल्यकालको तस्वीर राख्न सक्नुहुन्छ ।
  • गर्भवती महिलाको कोठामा साना साना बच्चाहरुको तस्वीर राख्नु शुभ मानिन्छ ।
  • सम्भव भएसम्म गर्भवती महिलाको कोठामा हल्का रंगको कलर गर्नु राम्रो हुन्छ । जसले मनलाई शान्त बनाइराख्छ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित