बच्चालाई गल्ती गर्नबाट नरोक्नुहोस्, गल्तीले सिकाउँछ नयाँ पाठ

हरेक आमाबुवाले आफ्नो छोराछोरीलाई यस लायक बनाउन चाहन्छन् कि जीवनमा जस्तोसुकै उतारचढाव आउँदा पनि पार गरून् ।

यसको लागि अन्य विषयभन्दा बच्चालाई मानसिकरूपमा बलियो बनाउनु सबैभन्दा जरुरी छ । बच्चालाई मानसिक रूपमा बलियो बनाउन उसको पालनपोषण र उसको क्रियाकलापमा ख्याल गर्न जरुरी हुन्छ।

मानसिकरूपमा बलियो परिवारले आफ्ना बच्चालाई हरेक काम गर्न दिन्छन् । साथै, त्यसको परिणामसँग पनि बच्चालाई सामना गर्न दिन्छन् ।

बच्चालाई समर्थन गर्छन् ताकि, उसलाई आफूप्रति विश्वास होस् । उनीहरूले बच्चासँग चाहिनेभन्दा ज्यादा आशा राख्दैनन्।

खासगरी, आमाबुवाले यो पनि जान्न जरुरी छ कि बच्चाले हरेक काममा राम्रो नतिजा नल्याउन सक्छन्, खेल्दा वा काम गर्दा गल्ती गर्नु स्वाभाविक हो । आफ्ना बच्चालाई अरुका बच्चासँग तुलना नगरी उसलाई असल बनाउनतिर लाग्छन् ।

बच्चाको लागि अनुशासन पनि एक महत्त्वपूर्ण कुरा हो, तर यदि बच्चा अनुशासनबाहिर गयो भने उसलाई पिट्नु राम्रो होइन । बरु उसलाई आत्मअनुशासनको कुराहरू सिकाउनुपर्छ ।

राम्रो ख्याल गर्ने बुबाआमाले बच्चालाई बच्चाकै रूपमा रहन दिन्छन्, नकि उनीहरूसँग ठूलो व्यक्तिसँग जस्तो अपेक्षा राख्छन् । बच्चालाई गल्ती गर्नबाट रोक्दैनन् । किनकि, उनीहरूले जानेका हुन्छन् बच्चाले गल्तीबाट नै केही जान्नेछन् ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित