अनुहारको साथ साथ ओठको स्याहार गर्नु पनि सौन्दर्यभित्रै पर्दछ । जाडोमा ओठको स्याहार एकदमै जरुरी पनि हुन्छ ।
हामी सबै आफ्ना ओठहरु सुन्दर तथा मुलायम बनाउन चाहन्छौं । जसका लागि हामी बजारमा पाइने अनेक लिपबामहरुको प्रयोग गर्छौं ।
त्यस्ता केमिकलयुक्त उत्पादन प्रयोग गरेर ओठको सुरक्षा गर्नुभन्दा घरमै पाइने सामग्रीबाट पनि तपाई आफ्ना ओठहरुलाई मुलायम बनाउन सक्नुहुन्छ ।
आवश्यक सामग्री
- २ चम्चा मह
- २ देखि ३ चम्चा काँचो दुध
- २ थोपा गुलाब जल
बनाउने तरिका
- घरेलु लिपबाम बनाउनका लागि एउटा कचौरामा एक देखि दुई चम्चा मह राख्नुहोस् ।
- यसमा करीब दुई चम्चा काँचो दुध मिसाउनुहोस् ।
- यसमा अब दुई देखि तीन चम्चा गुलाब जल मिसाउनुहोस् ।
- यी तीन चीजहरुलाई राम्रोसँग घोल्नुहोस् र बन्यो तपाईको लीपबाम ।
प्रयोग गर्ने तरिका
- यसको प्रयोग तपाईं रातको समयमा अनुहार धुनेबेला प्रयोग गर्न सक्नुहुन्छ ।
- करीब १० देखि १५ मिनेटसम्म यसलाई ओठमा लगाएर राख्नुहोस् ।
- यसलाई हप्ताको तीनपटकसम्म गर्न सक्नुहुन्छ ।