जाडो मौसम सुरु भएपछि छालामा रुखोपन आइहाल्छ । सुख्खापनका कारण कुर्कुच्चा पनि फुट्न थाल्दछन् । फुटेको कुर्कुच्चा ठीक गर्नका लागि बजारमा धेरै प्रकारका क्रिम, लोसन पाइन्छन् ।
कतिपय क्रिमले खुट्टालाई राम्रो बनाउनुको सट्टा झनै चिपचिप र खराब बनाउने पनि गर्दछन् । त्यसैले तपाई घरमै महको प्रयोग गरेर फुटेको कुर्कुच्चालाई ठिक पार्न सक्नुहुन्छ ।
महमा पाइने पोषण तत्वले छालालाई भित्रैदेखि मोइश्चराइज गर्न मद्दत गर्छ । जसले गर्दा फुटेको खुट्टा पनि निको हुन्छ ।
महलाई कसरी प्रयोग गर्ने ?
महको लेप बनाउनका लागि सामग्री
- चामलको पिठो – १ चम्चा
- मह – २ चम्चा
- पानी वा गुलाव जल – आवश्यकता अनुसार
बनाउने विधि
एउटा कचौरामा चामलको पिठो र पानी राम्रोसँग फिट्नुहोस् । जब पानी र पिठो राम्रोसँग घुलिन्छ यसमा मह मिसाउनुहोस् ।
मिश्रणलाई मसिनो पेस्ट नबनेसम्म फिट्नुहोस् । साबुनपानीले राम्रोसँग खुट्टालाई सफा गरेर उक्त पेस्ट फुटेको कुर्कुच्चामा लगाउनुहोस् । यस पेस्टलाई हप्तामा २ देखि ३ पटक लगाउँदा पनि तपाईको फुटेको खुट्टा निको हुँदै जानेछ ।
महमा एन्टी इन्फ्लामेटरी गुण पाइने गर्दछ, जसले फुटेको तथा सुन्निएको ठाउँमा आराम पुर्याउने काम गर्छ । यसले तपाईको खुट्टा फुटेको निको पार्ने मात्र नभएर सुन्दर पनि बनाउँछ ।