बुद्धिमान बच्चा जन्माउन प्रेग्नेन्सीमा अपनाउनुहोस् यी टिप्स

मानिसको स्वास्थ्यको दिशा त्यतिबेला देखि नै तय हुन्छ जब बच्चा आमाको गर्भमा हुन्छ । यस्तो अवस्थामा यो जरुरी छ कि आमाको भोजन एकदमै पौष्टिक हुनुपर्छ, जसले गर्दा स्वस्थ बच्चा जन्मियोस् ।

गर्भावस्थाका दौरान र बच्चा जन्मिएपछि पनि महिलाको लागि पोषक भोजन र उसको बच्चाको विकासको लागि अति आवश्यक छ । डाक्टरले प्रेग्नेन्सीको समयमा ज्यादा क्यालोरी भएको भोजन, फलफूल तथा हरियो तरकारी खाने सल्लाह दिन्छन् ।

यस भोजन तत्वमा एउटा आवश्यक तत्व हो आइरन । आइरनले आमा र बच्चा दुवैमा रोगप्रतिरोधी क्षमता बढाउँछ जसले उनीहरु दुबै विमारी तथा संक्रमणबाट बच्न सक्छन् । यसले केवल आमाको मात्र रक्षा गर्दैन बरु उसको गर्भमा हुर्किरहेको भ्रुणलाई पनि बिमारीबाट टाढा राख्छ ।

यसबाहेक आइरनले रगतमा हेमोग्लोबिन बनाउँछ । भ्रुणलाई जरुरी हुने रगतको कमी पनि आइरनले पूरा गर्छ । गर्भावस्थाका बेला कुनै पनि प्रकारको तनाव लिनु तपाईको लागि हानिकारक हुन्छ । साथै बच्चाको स्वास्थ्यमा पनि यसले नराम्रो असर गर्दछ, जसले गर्दा बच्चाको विकासमा पनि समस्या उत्पन्न हुन सक्छ ।

यदी तपाई कुनै पनि तनाव लिनुहुन्न वा दिमागमा कुनै पनि प्रकारको बोझ राख्नुहुन्न भने बच्चाको विकास राम्रोसँग हुन्छ । एक रिपोर्टमा भनिएको छ, गर्भवती महिलाले गर्भावस्थाको बेला इच्छा, क्रोध, लगाव, वासना तथा घृणाबाट आफूलाई टाढा राख्नुपर्छ ।

क्याल्सियम हड्डीको लागि एकदमै जरुरी हुन्छ । यो केवल महिलाको लागि मात्र नभएर गर्भमा हुर्किरहेको बच्चाको लागि पनि फाइदाजनक हुन्छ । यसका साथै महिलालाई फोलिक एसिड, भिटामिन सी र फाइबर शरीरको विकासको लागि आवश्यक हुन्छ ।

क्याल्सियम बदाम, किसमिस, माछा, पालकको साग तथा ब्रोकाउलीबाट प्राप्त हुन्छ । साथै दुध तथा दुधबाट बनेका उत्पादनमा पनि क्याल्सियम अधिक मात्रामा पाइन्छ । त्यसैले महिलाले दुध तथा दुधबाट बनेका परिकारको प्रयोग धेरै मात्रामा गर्नुपर्ने हुन्छ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित