हरेक बुवाआमा आफ्नो बच्चालाई राम्रो संस्कार तथा जीवन दिन चाहन्छन् । जीवनमा केही त्यस्ता कुरा हुन्छन् जसको बारेमा बच्चालाई १० वर्ष पुग्नु अघि नै सिकाउनु पर्ने हुन्छ ।
- कतिपय बच्चा हरेक कुरामा आफ्ना बुवाआमाको सहयोग लिन्छन् । यस्तोमा उनीहरुभित्र आत्मविश्वास जगाउनुहोस् र निडर बनाउनका लागि सानातिना कुराको निर्णय उनीहरुलाई नै गर्न दिनुहोस् ।
- बच्चालाई पैसाको महत्त्वबारे सिकाउनुहोस् । उनीहरुलाई थोरै भन्दा थोरै पकेट खर्च दिनुहोस् र पैसालाई व्यवस्थापन गर्न सिकाउनुहोस् ।
- जिम्मेवारीको महसुस गराउनुहोस् । यसले उनीहरुको दिमागको विकास हुनेछ र प्रेजेन्स अफ माइन्ड पनि राम्रो हुनेछ ।
- बच्चालाई अरुको इज्जत गर्न सिकाउनुहोस् । यसले बच्चापछि गएर पनि राम्रो संस्कारको हुनेछ ।
- खानपिन तथा कसरतको महत्त्वका बारेमा सिकाउनुहोस् । यसका साथै उनीहरुलाई खराब खानपान तथा जंक फूडबाट हुने नोक्सानी बारे पनि बताउनुहोस् ।
- राम्रा बानी व्यवहार सिकाउनुहोस् । जस्तै बिहान समयमा उठ्ने, आफ्नो नियमित काम गर्ने, सरसफाई तथा अनुशासन जस्ता बानी सानैबाट सिके भने पछि गएर सहज हुन्छ ।