जाडोमा मानिसलाई सबैभन्दा डर चिसो पानीसँग लाग्ने गर्छ । यही कारणले मानिस धेरै जसो ननुहाउने बहाना खोजिरहेको हुन्छ ।
यस्तोमा मनमा प्रश्न पनि आउने गर्छ जाडोमा के दैनिक रुपमा नुहाउनु पर्छ कि पर्दैन वा दैनिक रुपमा ननुहाउनु सही हो कि गलत ? आउनुहोस् यो प्रश्नको जवाफ खोजौं ।
तपाईंलाई थाहा पाएर अचम्म लाग्न सक्छ, जाडोमा केही दिन ननुहाउँदा पनि फाइदा हुन्छ । जाडोमा दैनिक रुपमा ननुहाउनु पनि फाइदाजनक हुन सक्छ ।
सुख्खा छाला
जाडोमा दैनिक नुहाउनु हुन्छ कि हुँदैन भन्ने कुरामा धेरै सोध तथा अध्ययनहरु पनि भएका छन् । ती अध्ययनहरुमा देखिएको नतिजामा जो मानिसको सुख्खा छाला हुने समस्या छ त्यस्तो व्यक्तिले दैनिक रुपमा नुहाउनु हानिकारक हुन सक्छ ।
किनकी छाला धेरै सुख्खा भएको खण्डमा तपाईंलाई धेरै नै छालाको समस्याहरु हुन सक्छ । दैनिक रुपमा ननुहाउँदा हाम्रो छालामा भएका राम्रा ब्याक्टेरियाहरु बाँचिरहन्छन् ।
जसले गर्दा छाला स्वस्थ रहन्छ र इम्यून सिस्टम पनि बलियो हुन्छ । दैनिक रुपमा नुहाउँदा शरीर चिलाउने तथा संक्रमण हुने सम्भावना पनि हुन्छ ।
तातो पानी
विशेष गरी तातो पानीले शरीरमा भएको प्राकृतिक चिल्लोपनालाई नष्ट गर्छ । जसले गर्दा छाला ड्यामेज हुन थाल्छ । त्यसैले तपाईं धेरै नै तातो पानीले नुहाउन परहेज गर्नु पर्दछ । मनतातो वा धेरै चिसो नभएको पानीले मात्र नुहाउनुहोस् ।
आँखा
कैयौं अध्ययनहरुमा एकदमै तातो पानीले नुहाउँदा आँखालाई पनि नराम्रो असर गर्दछ । जसले गर्दा आँखा वरिपरि चिलाउने समस्या पनि आउँछ ।
त्यसैले नुहाउने समयमा जहिले पनि मनतातो वा एकदमै हल्का रुपमा मात्र तातो पानीको प्रयोग गर्नुहोस् । विशेषगरी अनुहारमा तातो पानीको प्रयोग नगर्नुहोस् ।
कति दिनमा नुहाउने ?
जाडोमा दैनिक रुपमा नुहाउनुको साटो तपाईं हरेक तेस्रो दिनमा नुहाउन सक्नुहुन्छ । यसले मौसमी विमारी तथा संक्रमणहरुबाट पनि बच्न सकिन्छ ।
त्यस्तै यदि तपाईंलाई धेरै नै पसिना आएको छ वा फोहोर महसुस गर्नुभएको छ भने दैनिक पनि नुहाउन सक्नुहुन्छ । सामान्य दिनहरुमा भने तपाईं तीन दिनको समयमा नुहाउन सक्नुहुन्छ ।