वीर्य बारे यी ९ कुरा सायद तपाईंलाई थाहा छैन होला । स्पर्म बैंकमाथि बीबीसीले तयार पारेको एक डकुमेन्ट्रीको आधारमा हामी तपाईंलाई आँखा खोलिदिने ९ तथ्यबारे जानकारी दिँदै छौं ।
सबै बिजेता हुँदैनन्
एक पुरुषको आधा वीर्यमात्र सिधा लाइनमा तैरिने गर्दछ । यहाँ वीर्य तैरनुको अर्थ त्यसको सक्रियतासँग सम्बन्धित छ । केही वीर्य सर्कलको चारैतिर तैरिने गर्दछ अथवा वीर्यको प्रवाहसँग अलग हुने गर्दछ । सबैलाई थाहा छ यो कहिले रोकिँदैन न नै कुनै दिशा सोध्छन् ।
कस्मेटिकबाट सावधान
केही समय अघि गरिएको अनुसन्धानका अनुसार वीर्यमाथि सन स्क्रिन र कमेस्टिकको नराम्रो असर पर्ने गर्दछ । यद्यपी, योसँग सबै वैज्ञानिक सहमत छैनन् ।
यूरेका
एक डच माएक्रोस्कोप निर्माताले सन् १६७७ मा पहिलो पटक वीर्यको खोज गरेका थिए । उनले के का लागि यसको खोजी गरेका थिए त्यो थाहा हुन नसकेपनि यो अनुसन्धान निकै चकित गरिदिने किसिमको थियो ।
गुणस्तरको मात्रा छैन
- औसत वीर्य नमूना ३० लाख हुन्छ जो एक चम्चाको दुई तिहाई हुन्छ ।
- सामान्य रुपमा एक पुरुषले एक सेकेन्डमा १५ सय ‘स्पर्म सेल’ पैदा गर्ने गर्दछ ।
९ किलोमिटर लामो लाइन
यदि एकपटकको स्खलनमा तपाईं जीवनको सम्पूर्ण वीर्य निकाल्नु हुन्छ भने यो मिलाउँदा यो ९ किलोमिटर लामो हुन्छ ।
तातोको असर
गर्मीका कारण वीर्यको सक्रियता कम हुने गर्दछ । शरिरका अन्य भागको तुलनामा वीर्य सात डिग्री फरेनहाइट कुलिङमा रहन्छ । यस्तोमा तपाईंले यो कुरालाई ध्यानमा राख्नुपर्छ । तपाईं बक्सर लगाउनुहोस् र ल्यापटप आफ्नो काखमा राख्नबाट बच्नुहोस् ।
सबै कामलाग्दा हुँदैनन्
स्खलनमा ९० प्रतिशत वीर्य विकृत हुन्छन् ।
लाखौंमा एक
वास्तवमा लाखौंमा एक वीर्य महिलाको अण्डासँग मिलेर प्रजनन गर्ने गर्दछ ।