पाठेघर झिकिएकी महिलासँग यौनसम्पर्क गर्न हुन्छ कि हुँदैन  ?

पाठेघर झिकिएको भए पनि योनिमार्ग झिकिएको हुँदैन, तर आङ खसेर योनिमार्गबाट पाठेघर झिकिएको अवस्थामा योनिमार्ग सानो हुन सक्छ ।

त्यस्तो अवस्थामा यौनसम्पर्क गार्‍हो वा पीडादायक हुन सक्छ । अन्य अवस्थामा शल्यक्रिया गरेर पाठेघर झिकिए पनि यौनसम्पर्क गर्न मिल्ने र सामान्य हुन्छ ।

मोरङ सहकारी अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. बालकृष्ण शाहका अनुसार पाठेघरसँगै अण्डाशयहरू पनि झिकेको अवस्थामा वा पाठेघर झिकेको धेरै समयपछि कसै–कसैमा यौनसम्पर्क गर्दा चिप्लोपन कम भई पीडादायक हुन सक्छ, यद्यपि यसको उपचार सम्भव छ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित